८ बैशाख २०८१, शनिबार

सभामुख घिमिरेको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त


शेखर अधिकारी

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त भएका छन् । हाल नेपाल टेलिभिजनको अनलाइन सम्पादक रहेका अधिकारीलाई सभामुख घिमिरेले आज नियुक्त गरेका हुन् ।

करिव डेढ दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले यस रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसकेका छन् । अधिकारीले २०७५ सालदेखि २०७८ सालसम्म संसद सचिवालयमा मिडिया विज्ञको रुपमा काम गरेका थिए ।

आम सञ्चार र पत्रकारिता विषयमा स्नात्तकोत्तर अधिकारी मोरङको उर्लाबारी निवासी हुन् । अधिकारी यसअघि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश शाखाको अध्यक्ष र प्रेस चौतारीको केन्द्रीय सदस्य भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !