७ मंसिर २०८१, शुक्रबार

चार दलले भावी राष्ट्रपतिबारे निर्णय गर्न भोलि निर्णायक वार्ता गर्ने


प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । भावी राष्ट्रपतिबारे निर्णय गर्न चार राजनीतिक दलले भोलि निर्णायक वार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिबारे निर्णय गर्न भोलि बिहान साढे ८ बजे निर्णायक वार्ता हुने भएको हो ।

राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला प्रधानमन्त्री निवासमा पुरानो गठबन्धनका नेताहरु छलफल जारी रहेको हो । राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफल बढाएका छन् ।

कम्युनिष्ट पार्टीहरुको नेकपा ब्युँताउने वा दलहरुले निर्वाचन अघिको पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे अझसम्म केही टुंगो लाग्न सकेको छैन । बिहीबार साँझ चुनावी गठबन्धन ब्यूँताउने विषयमा छलफल गर्न तीन दलका नेताहरबीच छलफल भएपनि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !