१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले आज एमाले अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्दै


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।

राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला प्रधानमन्त्री प्रचण्डले आज एमालेका अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्ने भएका हुन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँगको छलफलपछि हिजो बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार दिउँसो एमालेका अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्ने बताएका थिए ।

प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल जारी रहेको भन्दै सहमति भने नजुटेको बताएका थिए । उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे अझसम्म केही टुंगो नभएको पनि बताएका थिए ।

बिहीबार साँझ चुनावी गठबन्धन ब्यूँताउने विषयमा छलफल गर्न तीन दलका नेताहरबीच छलफल भएपनि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । उनले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासँग पुन: छलफल गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !