
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज जारी रहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको हो ।
जारी माओवादीको पदाधिकारी बैठकमा राष्ट्रपतिको निर्वाचनको बारेमा छलफल भइरहेको बताइएको छ । राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने वा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक बोलाएको हो ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।