१२ बैशाख २०८१, बुधबार

पूर्वमन्त्री श्रेष्ठको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा. डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् ।

लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा. श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !