८ बैशाख २०८१, शनिबार

माधव नेपाल भन्छन् – राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको लागि घाँडो भयो


माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् ।

पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकको आज आइतबार उद्घाटन गर्दै अध्यक्ष नेपालले रास्वपाभित्र पनि के-के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको आरोप लगाए ।

नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको दावी गरे । रास्वपाका सभापति रवि लामिछानेले पद चाहिन्छ भनेर हैरान पारे पछि गठबन्धन पनि संकटमा परेर भत्किने अवस्थामा पुगेको बताएका हुन् ।

यो पनि पढ्नुहोस्

सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा छैन : माधव नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !