१४ बैशाख २०८१, शुक्रबार

सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा छैन : माधव नेपाल


माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा नभएको बताएका छन् ।

पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने दाबी गरे ।

गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ । कांग्रेसले सबै पद आफैंले लिनुपर्ने भन्ने प्रवृत्ति देखाउँदा तत्कालिन गठबन्धन भत्किएकाे पनि उनले स्मरण गरे ।

सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !