७ मंसिर २०८१, शुक्रबार

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु


उच्चस्तरीय राजनीतिक संयन्त्र

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केही समयअघि सुरु भएको हो ।

बुधवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तापछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएपछि हिजो बैठक बस्ने भनिएको बैठक आजका स्थगित गरिएको थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र हिजो छलफल भएको थियो । सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर आजका लागि सारिएको हो ।

सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले अध्यक्ष ओली सशंकित देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि काँग्रेस नेतृत्वको सरकार बन्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !