७ बैशाख २०८१, शुक्रबार

उच्चस्तरीय राजनीतिक समितिको बैठक भोलि शुक्रबार बस्ने


सत्ता गठबन्धनको बैठक

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि शुक्रबार ९ बजे बस्ने भएको हो ।

हिजो बुधवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तापछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएपछि आज बैठक बस्ने भनिएको बैठक भोलिसम्म स्थगित गरिएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र आज छलफल भएको थियो । सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर भोलिको लागि सारिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !