४ बैशाख २०८१, मंगलबार

सरकारले पाएको राष्ट्रिय सहमतिको निरन्तरता रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि अरु सदस्यको उम्मेदवारी नपर्नु सरकारले पाएको राष्ट्रिय सहमतिको निरन्तरता रहेको बताए ।

“सरकारले विश्वासको मत लिँदा राष्ट्रिय सहमतिको सन्देश दिनेगरी मत पाएकोमा अहिले त्यसकै निरन्तरताका रुपमा उपाध्यक्षमा पनि राष्ट्रिय सहमतिको वातावरण बनेको छ”, उनले भने ।

यसले अत्यन्तै राम्रो र सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि अहिलेको मूल कार्यभार मुलुकको अर्थतन्त्रलाई अघि बढाउनु रहेको बताए ।

“राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सामाजिक न्याय सहित समृद्धिको अभियानलाई तीव्र बनाउन सबै राजनीतिक दल मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँदै जानुपर्ने आवश्यकता छ र त्यसको बोध सबैतिरबाट हुँदै गएको छ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु