७ बैशाख २०८१, शुक्रबार

रास्वपाका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेको हो ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्‍त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उक्त निर्णयपछि आज नै पार्टीबाट मन्त्री भएकाहरुलाई राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताए ।

रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनीहरूले आज नै प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा दिने भएका हुन् ।

यो पनि पढ्नुहोस्

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

तत्कालै सरकार नछोड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

मेरो मौनता आजसम्मलाई हो, म अभिमन्यु होइन : रवि लामिछा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !