८ बैशाख २०८१, शनिबार

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेको हो ।

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि रास्वपाको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसअघि पटक-पटक बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वापाका सभापति रवि लामिछानेले आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गरेका थिए । बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न हिजो साँझसम्म २ दिने अल्टिमेटम आज सकिएपछि रास्वापाले संयुक्त बैठक बोलाएको थियो ।

प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाँझिने भन्दै रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन चाहेपनि उक्त पार्टीले यसअघि नै गृह मन्त्रालय आफ्नो पार्टीको बटमलाइन भएको भन्दै कुनै हालतमा गृह मन्त्रालय नछोड्ने नत्र सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएको थियो ।

यो पनि पढ्नुहोस्

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

तत्कालै सरकार नछोड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

मेरो मौनता आजसम्मलाई हो, म अभिमन्यु होइन : रवि लामिछाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !