१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक जारी


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को आकस्मिक बैठक जारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक जारी रहेको हो ।

यसअघि बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न दिएको २ दिने अल्टिमेटम आज सकिएपछि रास्वापाले आकस्मिक बैठक बोलाएको हो ।

रास्वापाले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिंदै आएको छ । यता गृह मन्त्रालय रास्वापालाई नै दिने वा नदिने भन्ने बारेमा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले कुनै निर्णय गर्न सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वापालाई दिएको अल्टिमेटम बारेमा आफूले कुरा गरेर समस्या समाधान हुने बताएपछि अझसम्म केही निर्णय आइसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !