१२ बैशाख २०८१, बुधबार

नेपाल आएका मलेसियाका गृहमन्त्रीले आजबाट औपचारिक भेटवार्ता गर्दै


मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल

काठमाडौँ । नेपालको तीनदिने भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता गर्दै छन् ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौँ आइपुगेका थिए । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्दै छन् ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्नेछन् । भ्रमण सम्पन्न गरी उनी भोलि शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !