८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो ।

यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो । यद्यपि उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो ।

प्रचण्डले सत्ता गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका थिए । उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्रै नभएर गठबन्धनमा नै समस्या ब्रिफिङ गरेका थिए ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको चेतावनी आएको बताएका थिए । हिजो बिहिबार नै बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न २ दिने अल्टिमेटम दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !