१३ बैशाख २०८१, बिहिबार

तत्कालै सरकार नछोड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


रास्वपा बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालै सरकार नछोड्ने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार नछोड्ने निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो माग पूरा गर्न २ दिनको समयसीमा दिएको छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले थप २ दिनको समय मागेकोले रास्वपा सरकारबाट बाहिरिने सोचबाट पछि हटेको हो ।

रास्वपाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि यो विषयमा अन्तिम निर्णय गर्ने भएको हो । आजको बैठकमा रास्वपाका अधिकांश नेताहरुले अहिले पर्ख र हेरको रणनीति अवलम्वन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि सरकारमा रहने वा बाहिरिने भन्ने बारेमा निर्णय गर्न रास्वपाको संयुक्त बैठक बसेको थियो । यद्यपि पार्टीको संयुक्त बैठक बस्नुअघि सभापति लामिछानेले अन्य सत्ता साझेदार दलका नेताहरुलाई जानकारी गराएका थिए ।

आज दिउँसो मात्र रास्वपाका सभापति लामिछानेले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको स्पष्ट पारेका थिए । सभापति लामिछानेले आफूले मौनता तोड्ने समय आएको चेतावनी दिएका थिए ।

तीन पटक बालुवाटार पुगेर प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गर्दा पनि प्रचण्डले सुनुवाई नगरेकोले लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो आक्रोश प्रकट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाँझिने भन्दै रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन चाहेपनि उक्त पार्टीले गृह मन्त्रालय आफ्नो पार्टीको बटमलाइन भएको भन्दै कुनै हालतमा गृह मन्त्रालय नछोड्ने नत्र सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपाले प्रचण्ड सरकारमा रहने वा बाहिरिने छिनोफानो आज गर्दै

मेरो मौनता आजसम्मलाई हो, म अभिमन्यु होइन : रवि लामिछाने

रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्नुपर्दैन : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु