३ असार २०८१, आइतबार

काँग्रेसका सभापति देउवाविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपिठ


सर्वोच्च अदालत

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिट सर्वोच्च सर्वोच्च अदालत दरपिठ गरिदिएको छ । काँग्रेसका सभापति देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको दिनबाट काँग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चका रजिस्टार नारायणप्रसाद पन्थीले उनको रिटलाई दरपिठ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !