७ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता


केपी शर्मा ओली र भिक्टोरिया नुल्याण्ड

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच सिंहदरबारस्थित एमाले संसदीय दलकाे कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीलाई भेट्नुअघि अमेरिकी उपविदेशमन्त्रीले आज सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरेकी थिइन् ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो आइतबार काठमाडौं आएकी नुल्याण्डले अव परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

केपी शर्मा ओली र भिक्टोरिया नुल्याण्ड

यो पनि पढ्नुहोस्

काँग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच धुम्बाराहीमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबीच बालुवाटारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !