७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिमा कांग्रेसले दाबी गर्नु अर्थहीन भएको महासचिव पोखरेलको टिप्पणी


शंकर पोखरेल फाइल फोटो

मोरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु अर्थहीन हुने टिप्पणी गरेका छन् । महासचिव पोखरेललेले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने स्पष्ट पारेका हुन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले कांग्रेस अहिले दिशाहीन अवस्थाको पार्टी भएकोले सुरुमा आफ्नो पोजिसन प्रष्ट पारेर मात्र अघि बढ्न आग्रह समेत गरेका छन् ।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु भएको जिकिर गरे । “राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भने ।

केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने बताए ।

सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !