१३ बैशाख २०८१, बिहिबार

दुई दिन नबित्दै रवि लामिछाने बने पुन: रास्वपाको सभापति


रवि लामिछाने फाइल फोटो

काठमाडौं । पद गुमेको दुई दिन नबित्दै रवि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति बनेका छन् । रास्वपाको आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !