१२ असार २०८१, बुधबार

जिल्ला प्रशासनबाट रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र


रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौँ । रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएक छन् । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थिए ।

नेपाली नागरिकता लिन लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेपछि त्यहाँ ठूलो भिडभाड भएकोले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछाने नागरिकता लिन आउने भएपछि बिहानैदेखि जिप्रका परिसरमा उनका कार्यकर्ता, समर्थक र सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको छ ।

लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेतापनि जिल्ला प्रशासन कार्यालय परिसरमा भिडभाड भएकोले उनी केही समयपछि मात्र बाहिरिने भएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली नागरिकता लिन रवि लामिछाने पुगे जिल्ला प्रशासन कार्यालय

रवि लामिछाने नेपाली नागरिकता लिन आज सिडिओ कार्यालय जाँदै

पुन: नागरिकता लिएर बाघ बनी सिंहदरबार छिर्न सक्ने रविको सम्भावना कायमै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !