४ बैशाख २०८१, मंगलबार

रवि लामिछाने नेपाली नागरिकता लिन आज सिडिओ कार्यालय जाँदै


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाँदै छन् । अनागरिक भएका लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार लामिछाने आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने छन् । उनले नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरिरहेका छन् ।

शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया अघि बढाउने भएका हुन् । जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेबारे जिज्ञासा राखेको थियो।

उनले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने बित्तिकै उनले पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ । त्यस उनले नागरिकताको प्रतिलिपि प्राप्त गर्नेछन् । निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउनेछन् ।

यो पनि पढ्नुहोस्

पुन: नागरिकता लिएर बाघ बनी सिंहदरबार छिर्न सक्ने रविको सम्भावना कायमै

मन्त्रालयबाट निजी गाडीमा बाहिरिएका रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्छु : रवि लामिछाने

यस्तो छ सर्वोच्चले रवि लामिछानेको विपक्षमा गरेको फैसला (पूर्णपाठसहित)

रवि लामिछानेको सांसद पद खारेज, उपप्रधान एवं गृहमन्त्रीबाट पनि पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !