१२ आश्विन २०८१, शनिबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने


राष्ट्रियसभा

काठमाडौँ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रियसभाको आज शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने बताएका हुन् ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिएका थिए ।

राष्ट्रियसभा उपाध्यक्ष पद विगत १ वर्षदेखि रिक्त रहेको छ । राष्ट्रिय सभाको अर्को बैठक उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !