१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीविरूद्ध मुद्दाको बहस सकियो, फैसला आजै आउने सम्भावना


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

लामिछानेका तर्फबाट नरेन्द्र केसी,आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापाने गरी ४ जना कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै रिट निवेदकका तर्फबाट कानुन व्यवसायी सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, कीर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

उक्त मुद्दाको फैसला आजै आउन सक्ने सम्भावना रहेको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबारदेखि लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको थियो ।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !