१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

ओली र प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई दिनअघि पनि भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई शीर्ष नेताबीच छलफल भएको बताइएको छ ।

माघ महिनाभित्रै राष्ट्रपति निर्वाचन गर्नुपर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री प्रचण्ड सहमतिमा राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने सोचमा रहेका छन् भने अध्यक्ष ओली सत्ता साझेदार दलमा भएको सहमतिअनुसार एमालेको भागबन्डामा परेकोले राष्ट्रपति एमालेले नै पाउनुपर्ने दावी गर्दै आएका छन् ।

गत पुस २६ गते नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड अन्योलमा पारेका छन् । काँग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा मोलमोलाइ गरिरहेको भनेर आलोचना हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !