८ बैशाख २०८१, शनिबार

नासलचोकमा वसन्त श्रवणमा राष्ट्रपति भण्डारी सरिक


वसन्त श्रवण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान १०ः४७ बजेको शुभसाइतमा वसन्त श्रवण गर्न सरिक भएकी छन् । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान हनुमानढोका दरबारस्थित नासल चोकमा वसन्त श्रवण गर्न सहभागी भएकी हुन् ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा रहँदै आएको छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको छ ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ । वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ ।

वसन्त श्रवणमा राष्ट्रपति सहभागी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा बिहीबार आयोजित वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको छ ।

त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको छ भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।

 वसन्त श्रवण वसन्त श्रवण वसन्त श्रवण वसन्त श्रवण वसन्त श्रवण

तस्बिर : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !