७ बैशाख २०८१, शुक्रबार

आचार्यको शव आफन्तले बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने पुगे अस्पताल


रवि लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएपछि आफन्तले शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने अस्पताल पुगेका हुन् ।

आचार्यका परिवार र आफन्तहरू शव जिम्मा नलिएपछि गृहमन्त्री लामिछाने आफैं अस्पताल पुगेका हुन् । शव लिनुअघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधन गर्नपर्ने आफन्तको माग रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !