७ मंसिर २०८१, शुक्रबार

एमालेका देवराज घिमिरेद्वारा सभामुख पदको लागि उम्मेदवारी दर्ता


देवराज घिमिरे

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) का सांसद देवराज घिमिरेले सभामुखको उम्मेदवार दर्ता गरेका छन् । एमालेमा घिमिरेले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरेले उम्मेदवारी दिएका हुन् ।

झापा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार सभामुखको उम्मेदवार बनाइएको हो ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांगेसको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल भएको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

सभामुखको उम्मेदवार टुंगो लगाउनुअघि देउवालाई प्रचण्डको फोन, ओली शशंकित

कांग्रेसले महिलालाई सभामुखको उम्मेदवार बनाउने, यी हुन सम्भावित अनुहारहरु

सभामुखमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

देवराज घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !