४ बैशाख २०८१, मंगलबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत


खगराज अधिकारी फाइल फोटो

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राएका छन् । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरेका छन् ।

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदान गरेनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित थिए ।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !