११ पुस २०८१, बिहीबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रचण्ड र केपी ओली बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आजै साँझ सत्ता साझेदार दलको बैठक बोलाएका छन् ।

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । उनीहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन र सहमति जुटाउन छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा रहेका छन् । हिजो वुधबार साँझ पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।

एमालेको मुख्य समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सहमतिका आधारमा दलहरुसँग मन्त्रालयको बाँडफाँट गराउन चाहेका छन् । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि जारी रहेको छ ।

यो पनि पढ्नुहोस्

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच के भयो कुराकानी ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !