६ बैशाख २०८१, बिहिबार

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीद्वारा उम्मेदवारी दर्ता


शिवराज अधिकारी

हेटौडा । बागमती प्रदेशसभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । आज बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा पुगेर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।

अधिकारीले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सभामुखलाई गठबन्धनले समर्थन गरे सरकारलाई विश्वासको मत दिने बताउँदै आएको कांग्रेसले अधिकारीलाई उम्मेदवारको रुपमा अघि बढाएको हो ।

अधिकारीले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ९२० बमोजिम मनोनयन दर्ता गरेका हुन । धादिङका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्।

बागमती प्रदेशमा नेपाली कांग्रेससँग ३७ र नेमकिपाको ३ सांसद रहेका छन् । ११० सदस्यीय रहेको प्रदेश सभामा गठबन्धनको समर्थनमा ७० सांसद रहेका छन् । यस्तै बागमतीमा नेमकिपाका बाट सृजना सैयजुले पनि उम्मेदवारी दर्ता गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !