७ बैशाख २०८१, शुक्रबार

बाग्मतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल नियुक्त


शालिकराम जमकट्टेल

काठमाडौँ । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका जमकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८(२) बमोजिम जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

आज सोमबार ५ दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका जमकट्टेललाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

जमकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !