१३ जेष्ठ २०८१, आइतबार

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


राजेन्द्रप्रसाद लिङ्देन फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज आइतबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको राप्रपा संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन दिएको हो ।

आज बसेको संसदीय दलको बैठकपछि राप्रपाका नेता बुद्धिमान तामाङले यस्तो बताएका हुन् । यद्यपि राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने अझसम्म औपचारिक निर्णय भने गरेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !