१० जेष्ठ २०८१, बिहिबार

अब संगठन र विकास निर्माण लाग्नुस् : नेता बानियाँ


Indra Bahadur Baniya ईन्द्रबहादुर बानियाँ

४ जेठ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले अनुभव गर्ने गरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार भएको अन्तर्क्रियामा ४ नम्बर क्षेत्रमा स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माणमा एकढिक्का भएर लाग्न निर्देशन दिनुभएको हो ।

४ नम्बर क्षेत्रका सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ लगायत स्थानीय निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिएका अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्षका उम्मेदवारहरु र जितेका जनप्रतिनिधिहरुले पार्टीको क्षेत्रमा रहेको अवस्थाका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा ४ नम्बर क्षेत्रका जिल्ला सदस्यहरु, महाधिबेशन प्रतिनिधि, साविक गाविसहरुका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !