८ बैशाख २०८१, शनिबार

रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश


किरणकुमार साह एमालेमा प्रवेश

काठमाडौँ । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।

उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !