४ जेष्ठ २०८१, शुक्रबार

नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु भएको हो ।

विशेष रुपमा सरकारमा सहभागी हुने बारेमा पार्टीको आधिकारिक धारणा बनाउन एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु भएको हो । आजको बैठकले वर्तमान सरकारमा सहभागी हुने वा नहुने बारेमा निर्णय गर्ने बताइएको छ ।

यसको साथै बैठकमा नयाँ सरकारप्रतिको धारणा, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे छलफल हुने बताइएको छ । सो पार्टीको यसअघि शनिबार र आइतबार बसेको स्थायी कमिटीको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !