१३ जेष्ठ २०८१, आइतबार

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आजदेखि सुरु


कर्णाली प्रदेशसभा

भेरीगङ्गा । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ ।

कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका हुन् ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले आज दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो ।

प्रथम अधिवेशन आह्वान गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिस भई आएकाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशसभा वीरेन्द्रनगर सुर्खेतको सभाहलमा बस्ने गरी कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !