१२ बैशाख २०८१, बुधबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता


प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न गृहमन्त्री लामिछाने आज शनिबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !