७ बैशाख २०८१, शुक्रबार

बागमती किनारका सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग


रवि लामिछाने र बालेन साह

काठमाडौं । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागे‍का छन् ।

बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै बोधार्थमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वयको लागि अनुरोध समेत गरेको छ ।

महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक पटक प्रयास भएपनि प्रयास सफल हुन नसकेको बताए ।

महानगरले आफू यो अभियानमा असफल भएको भन्दै सहयोग गर्न मन्त्रालयको सहयोग मागेको छ । महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेको हो ।

काठमाडौं महानगरले गत महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएपनि स्थानीय विरोधमा उत्रिएपछि पछि हट्न बाध्य भएको थियो । थापाथलीको अनधिकृत बस्ती हटाउने क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप समेत भएको थियो ।

यस्तो छ हेर्नुस् काठमाडौँ महानगरले गृह मन्त्रालयलाई लेखेको पत्र

बालेनले मागे रविको सहयोग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !