८ बैशाख २०८१, शनिबार

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु


बालुवाटार सत्ता साझेदार दलहरुको बैठक

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि बालुवाटारमा पहिलो पटक सत्ता साझेदार दलको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डको सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो बुधबार दिउँसो खुमलटार पुगेर प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

आजको बैठकबाट मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ । आज मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो ।

यसका साथै हिजो एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने भएको छ । हिजो प्रधानमन्त्री प्रचण्डले हात्तीबनस्थित एक घरमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसंग भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !