७ बैशाख २०८१, शुक्रबार

बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरे देउवा


भाडाको घरमा सरे देउवा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट छोडेका छन् । देउवा बालुवाटार छोडेर धुम्बाराहीमा भाडाको घरमा सरेका हुन् ।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएसंगै पदमुक्त भएपछि देउवा बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेकोले देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् । गत पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए ।

देउवाको बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्ने भएकोले उनी अव सो अवधि धुम्बाराहीमा भाडाको घरमा देउवा बस्ने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !