काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलको संयुक्त बैठक जारी रहेको छ ।सत्ता गठबन्धन छाडेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ ।
बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई बालकोटमा रहेका छन् । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेर बाहिरिसकेका छन् ।