५ असार २०८१, बुधबार

प्रचण्डको माग : आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने, देउवा सकारात्मक


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।

आज बिहीबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँगको लगभग डेढ घण्टा भएको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले आगामी नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेको प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएर ग्रिन सिग्नल भने दिएका छन् ।

यसबाट के बुझिन्छ भने आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने प्रचण्डको मागमा देउवा सकारात्मक देखिएका हुन् । प्रचण्डको पहिलो चरणको प्रधानमन्त्री बन्ने मागमा देउवा गलेका हुन् । देउवा भरसक गठबन्धन नतोड्ने मोडमा देखिएपनि उनी ओलीसंग नजिकिने पनि प्रवल सम्भावना रहेको छ ।

गठबन्धनका तीन शीर्ष नेताहरूबीच सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत भएका छन् । शीर्ष नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।

यसअघि पुस २ गते शनिबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले आफूसँग ६० जना सांसदका पक्कडमा रहेको दाबी गर्दै गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री आफूलाई बनाउन प्रस्ताव गरेका थिए भने देउवाले गठबन्धन छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए ।

सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका थिए । शनिबार प्रचण्डको प्रस्तावमा देउवाले प्रचण्डलाई कुनै जवाफ दिएका थिएनन् ।

निर्वाचनअघि देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । तर छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा शनिबार भने प्रचण्डको उक्त प्रस्तावले झस्किएका थिए । गठबन्धनबाट सरकार बन्दा कांग्रेस भित्रबाट देउवालाई प्रधानमन्त्री नछाड्न दबाब रहेको छ ।

यो पनि पढ्नुहोस्

गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर

प्रचण्ड र नेम्वाङबीच भेटवार्ता : प्रचण्ड प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति

म छिट्टै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछु : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !