१४ बैशाख २०८१, शुक्रबार

काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माद्वारा नयाँ सरकारमा मन्त्री नबन्ने घोषणा


महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मन्त्री नबन्ने लाइनमा देखिएका छन् । पार्टीको संसदीय दलको निर्वाचनपछि पत्रकारसंग कुरा गर्दै काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले सरकारमा नजाने घोषणा गरेका हुन् ।

कांग्रेसका महामन्त्री थापाले संसदीय दलको चु्नावमा पराजित भइसकेकपछि आफू अब मन्त्री नहुने बताएका छन् । सभापति शेरबहादुर देउवासँग ३९ मतले पराजित भएपछि महामन्त्री थापाले संसदीय दलको अर्को चुनाव नभएसम्म सरकारमा नजाने घोषणा गरेका हुन् ।

उनले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि अब आफू सरकारको कुनै जिम्मेवारीमा नजाने पनि बताएका छन् । उनले आफू संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि फेरि सो पदको लागि कोसिस गर्ने बताएका हुन् ।

यस्ता कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि नयाँ सरकारमा आफू मन्त्री बन्ने बताएका छन् । आज कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए ।

उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएकोले सरकारमा नजाने बताएका छन् । शर्माले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सु-संगठित गर्ने धेरै काम आफ्नो जिम्मामा रहेको उल्लेख गरे ।

महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्नेकुरामा आफू लाग्ने पनि बताए । महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु