१२ बैशाख २०८१, बुधबार

प्रचण्ड र नेम्वाङबीच भेटवार्ता : प्रचण्ड प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति


प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ ।

आज मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । नेम्वाङले प्रचण्डलाई भेटेर प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेका छन् भने एमालेले राष्ट्रपति पाउनुपर्ने पनि बताएका छन् ।

दुई शीर्ष नेताहरुबीचको भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।

उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले-माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका छन् । यद्यपि नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !