२ जेष्ठ २०८१, बुधबार

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुने


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ ।

कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।

तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ ।

समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !