४ बैशाख २०८१, मंगलबार

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता


केपी शर्मा ओली र रवि लामिछाने

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

हिजो शुक्रबार राती बालकोट पुगेर रास्वपा अध्यक्ष लामिछाने एमाले अध्यक्ष ओलीसँग भेटेका हुन् । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि नयाँ सरकारको गठनको बाटो खुलेसंगै ओली र लामिछानेबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

ओली र लामिछानेबीच भएको भेटवार्तामा सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । आम निर्वाचनमा देशको दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद जारी राखेको छ ।

यद्यपि नयाँ सरकार बनाउने बारेमा ओली काँग्रेस सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्तो सक्रिय रुपमा नलागेपनि भित्रभित्रै गठबन्धन फुटाएर सत्ता समीकरण मिलाई प्रधानमन्त्रीको पद बाजी मर्ने दाउमा लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !