१२ बैशाख २०८१, बुधबार

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नगर्न परेको रिटमा शुक्रबार सुनुवाइ


सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ट अधिवक्ता पुर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचीव ऋषिराम घिमिरेसहितका पदाधिकारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै दर्ता गराएको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनेर पत्र दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन परेको छ । उक्त रिट निवेदनमा संसदका महासचिव पौडेलको पत्र अवैधानिक भएको दावी समेत गरिएको छ ।

उक्त पत्रको व्यहोरा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश जबरालाई सम्बोधन गरी लेखिएको छ ।

रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ । भोलि बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि पेसी तोकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !