१३ बैशाख २०८१, बिहिबार

सरकारका प्रवक्ता भन्छन् – चोलेन्द्रविरुद्धको महाअभियोगमाथि नयाँ संसद्मा छलफल हुन्छ


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि नयाँ संसद्मा छलफल हुने बताएका छन् ।

मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले महाअभियोग प्रस्तावको छलफल जीवितै रहेकोले सो बारेमा छलफल नयाँ प्रतिनिधिसभामा हुने बताएका हुन् ।

आज बुधबार मात्रै संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समेत पत्र दिएर जानकारी गराएका छन् ।

संघीय संसदले महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनेर पत्र दिएको छ भने यता सरकारले प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अझै जीवित रहेको जनाएसंगै संसद र सरकारको कुरा बाँझेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !