१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री लाई ने.बि.संघ चितवन जिल्ला समितिको ज्ञापन पत्र


।

२ जेष्ठ, चितवन :-नेपाल बिधार्थी संघ चितवन जिल्ला समितिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण रहनु भएका बेला भारतीय कृति आजादले नेपालको सम्बन्धमा र त्यस्तै जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश न.२ का मुख्य मन्त्री लाल बाबु राउतले दिएको अभिव्यक्ति प्रति केन्द्रित हुदै गत जेष्ठ १ गते जिल्ला प्रशासन कार्यालय चितवन मार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ ।

ज्ञापन पत्रमा दुई देश बिचको सदियौंदेखि रहदै आएको सुमधुर सम्बन्धमा खलल पर्याउने अभिप्रायले आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता, र नेपालीको स्वाभिमान माथी ठाडो प्रहार गरेको वारे गम्भिर ध्यानाकर्षण गराएको छ ।

चितवन क्षेत्र नं ४ र ५ का ने.वि.संघ अध्यक्ष , सिटिईभिटिई केन्द्रिय सदस्य , विभिन्न क्याम्पसका ईकाई अध्यक्ष लगायत सयौ विद्यार्थि नेता तथा कार्यकर्ताको उपस्थिती रहेको उक्त कार्यक्रममा ज्ञापन पत्र बुझ्दै प्रजिअ बस्नेतले , ज्ञापन पत्र र यस विषयको चासोका लागि धन्यबाद दिदै , प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पुग्नेमा विश्वस्त हुन आग्रह समेत गर्नुभयो । जिल्ला प्रसाशन कार्यलय चितवनमा एक कार्यक्रमका बिच जिल्ला अध्यक्ष सुर्य ढकालले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !